काठमाडौं । देशभर यतिबेला मनसुनी वायुको प्रभावले सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, र सुदूपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यूनचापीय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको र शनिबार धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेकाे छ । शनिबार प्रदेश-१, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार प्रदेश-१, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आइतबार पनि भारी वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टा प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा पहिरो तथा गेग्रान वहाबको जोखिम रहेको महाशाखाले जनाएकाे छ ।