Aafno Khabar

११ महिनापछि फेरि फर्किए विद्युत प्राधिकरणमा कुलमान

  • आफ्नो खबर
  • August 11, 2021 प्रकाशित

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले पुनः नियुक्ति नदिएका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ्गले ११ महिनापछि पुनः सोही पदमा जिम्मेवारी सम्हालेका छन् ।

अघिल्लो पटक ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका घिसिङलाई शेर बहादुर देउवा नेतृत्वको सरकारले पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको हो ।

लोड सेडिङ हटाउनेदेखि अर्बौँ घाटामा रहेको प्राधिकरणलाई नाफामा पुर्‍याएर आम जनताको मनमा बसेका घिसिङले पुन जिम्मेवारी सम्हाल्दा आफू उत्साहित भएको बताएका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार मन्त्रिपरिषद् बैठकमा पेस गरेको प्रस्तावअनुसार घिसिङ्गलाई सरकारले पुनःनियुक्ति दिएको हो ।

मन्त्री भुसालकै प्रस्तावअनुसार यसअघिका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ । शाक्यलाई प्राधिकरणमा खाईपाई आएको तलब सुविधा दिनेगरी आयोगमा पठाउने प्रस्ताव गरिएको हो ।

लोडसेडिङ समस्या सधैंका लागि अन्त्य गरी घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएका घिसिङ्गको पुनःनियुक्तिले आम जनतामा खुसीयाली चाहेको छ ।