Aafno Khabar

काठमाडाैंमा राेकिएकाे भेराेसेल खाेप भाेलिदेखि यी अस्पतालमा लगाइने

  • आफ्नो खबर
  • June 13, 2021 प्रकाशित

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाका ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेराेसेल खोपको पहिलो मात्रा पुनः लगाइने भएको छ । जेठ २५ गतेबाट काठमाडौं उपत्यकासहित देशभर शुरु भएको खोप अभियान काठमाडौंमा स्थगित भएको थियो ।

उक्त रोकिएको खोप अभियान काठमाडौंमा जेठ ३१ र असार १ गते लगाइने भएको छ । आइतबार सूचना जारी गरी महानगरपालिकाले ६०–६१ वर्ष उमेर समूहका नागरिक भेराेसेलकाे पहिलाे मात्रा लगाएका व्यक्ति, काेरानाका वरामीकाे उपचार जाँच र प्रत्यक्षा उपचारमा संलग्न चिकित्साकर्मी प्यारा मेडिक्स नरसिंङका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन अनुरोध गरेको छ ।

खोप अभियान बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने छ । खोप वीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगञ्ज, विरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा लगाइने छ ।