Aafno Khabar

आईपीएलमा पन्जाबको दोस्रो जित, मुम्बई इन्डियन्स ९ विकेटले पराजित

  • आफ्नो खबर
  • April 23, 2021 प्रकाशित

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १ सय ३२ रनको लक्ष्य पन्जाबले १ विकेट गुमाएर १७ दशमलब ४ ओभरमा पुरा गर्यो ।

पन्जाबको जितमा केएल राहुलले नटआउट ६० रन बनाउँदा क्रिस गेलले नटआउट ४३ रन बनाए । पन्जाबका एम अग्रवाल २५ रनमा आउट भए । चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनायो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सूर्यकुमार यादवले ३३ रन जोड्दा केइरन पोलार्डले अविजित रहदै १६ रन बनाए ।

पन्जाबका रबि बोस्नाई र मोहमद शामीले २/२ विकेट लिए । दिपक होडा र अश्रदिप सिंहले १/१ विकेट लिए ।