काठमाडाैं । भारतले आफ्नो टेष्ट इतिहासमा सबैभन्दा कम स्कोरको रेकर्ड बनाएको छ । अष्ट्रेलियासँगको पहिलो टेष्टको दोस्रो पारीमा भारत मात्र ३६ रनमा समेटिएकाे हाे । यसअघि सन् १९७४ मा भारतले इङ्ल्याण्डसँगको खेलमा ४२ रन मात्रै बनाएको थियो ।
अस्ट्रेलियाका लागि प्याट कमिन्सले ४ र जोस हजलउडले ५ विकेट लिए । ९ रनमा एक विकेट गुमाएको अवस्थाबाट खेल थालेको भारतले ९ विकेटको क्षतिमा ३६ रन मात्र बनाएकाे हाे ।
यसअघि भारतका पृथ्वी शाव चार रनमा आउट भए । मयंक अग्रवाल ९, हनुमान विहारी ८, विराट कोहली र रिद्धीमान शाह ४/४, जस्प्रित बुमराह २, पुजारा, अजेयंके रहाणे र रविचन्द्रन आश्विन रन नै जोड्न सकेनन् । भारतले पहिलो पारीमा २ सय ४४ रन बनाएको थियो ।