काठमाडौं । तारकेश्वर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) बाट पोजेटिम भइ होम आइसोलेसनमा बसेका व्यक्तिलाई ५ हजार दिने भएको छ ।
तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई ५ हजार रुपैयाा दिने भएको हो ।
नगरपालिकाभित्र कोरोना सङ्क्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइन लागिएको नगरपालिकाले जनाएको छ ।
कोरोना पोजेटिभ भएर आइसोलेशनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
हाल नगरपालिकामा कोरोना सङ्क्रमित दुई हजार ८६ रहेकामा ८६६ महिला र एक हजार २२० पुरुष छन् ।
निको हुनेको सङ्ख्या एक हजार ८२९ छ । कोरोनाबाट अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित २५० जना पुगेका छन् ।