काठमाडौं । नेपालमा थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार ८ नमुना परीक्षण गर्दा १२ सय ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । आइतबार देशभर १ हजार ४ सय ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
हाल देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित छन् ।