काठमाडौं । नेपालमा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १० हजार ४६० जनाको परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ५९९, ललितपुरमा १६०, मोरङमा १०९, झापामा ९६, रुपन्देहीमा ७०, भक्तपुरमा ६३, कास्कीमा ५४, दाङमा ४५, सुनसरीमा ३९, कैलालीमा ३७, काभ्रेमा २८, बाँकेमा २६, चितवनमा २५, बर्दियामा २३, मकवानपुरमा २१, पाल्पामा १७, नुवाकोटमा १६, तनहुँ र नवलपरासीमा १५/१५ संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कञ्चनपुरमा १२, धनुषा, कपिलवस्तु, गुल्मी र बैतडीमा ११/११, दोलखा, पर्वत र स्याङ्जामा १०/१०, पर्सा, सुनसरी, सिराहा र जुम्लामा ९/९, गोरखा, दैलेख, अछाम र बझाङमा ८/८, धादिङमा ७, बारा, सर्लाही, सिन्धुपाल्चोक, सल्यान र डडेल्धुरामा ६/६ र लमजुङमा ५ जना संक्रमित भेटिएका छन् ।
महोत्तरी, सिन्धुली, नवलपरासी पूर्व, जाजरकोट र सुर्खेतमा ४/४, खोटाङ र प्युठानमा ३/३, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर, रौतहट, रोल्पा र मुगुमा २/२, इलाम, ओखलढुंगा, धनकुटा, संखुवासभा, रसुवा, अर्घाखाँची, रुकुमपश्चिम, डोटी र दार्चुलामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।