Aafno Khabar

कोरोना अपडेट : १०४६० परीक्षण, १७०३ संक्रमित, संक्रिय संक्रमितको संख्या १७२३७

  • आफ्नो खबर
  • November 27, 2020 प्रकाशित

काठमाडौं। नेपालमा थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १० हजार ४६० जनाको परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२३६ रहेको छ । हालसम्म २ लाख ९ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।