Aafno Khabar

कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर

  • आफ्नो खबर
  • November 1, 2020 प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद्का दुई सदस्यलाई हटाउने तयारी गरेका छन्। हटाइने तयारीमा रहेका दुवै मन्त्री केपी ओली पक्षका हुन्।

मुख्यमन्त्री निकटका एक नेताले दिएको जानकारी अनुसार सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी छ।

गत असोज २५ गते मुख्यमन्त्री शाही विरुद्ध पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव पेश भएपछि त्यहाँ आन्तरिक अविश्वास सिर्जना भएको छ। ओली निकट नेता यामलाल कँडेलले नेतृत्व गरेको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरुमा माधव नेपाल पक्षका नेताहरु पनि थिए। तर पछि नेपाल निकटका नेताहरुलाई मन्त्रिपरिषद्मा समेट्ने सहमति बनेपछि सो पक्ष अविश्वास प्रस्तावबाट पछि हटिसकेको छ।