Aafno Khabar

भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना संक्रमण

  • आफ्नो खबर
  • October 19, 2020 प्रकाशित

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ।

उहाँको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री नेम्वाङको स्वाब लिइएको थियो ।

मन्त्री नेम्वाङले आफू संक्रमित भएकोले आफूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

यसअघि पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो।