काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।
मंगलबार नेपालमा थप ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । संक्रमितमध्ये ७८ हजार ७८० जना निको भएर घर फर्किएका छन् ।