Aafno Khabar

शिक्षामन्त्री पोखरेल गैह्रजिम्मेवार बन्दा डा.केसीसँगको वार्ता भाँडियो

  • आफ्नो खबर
  • October 9, 2020 प्रकाशित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वार्ता टोलीस्तरमा भएको सहमतिलाई अस्वीकार गरेपछि अनशनरत डाक्टर गोविन्द केसी र सरकारबीच टुगिंएको सहमति भाँडिएको छ ।

६ बुँदे माग राखेर अनसन डा। केसी पक्ष र सरकारी टोलीबीच बिहीबार दिनभर भएको वार्तामा लगभग सहमति जुटेको थियो । सहमतिको मस्यौदाबारे सरकारी वार्ता टोली एवं शिक्षा सचिव गोपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुर्याएका थिए ।

विभिन्न विषयमा सहमति गरेको टोलीले प्रधानमन्धी र शिक्षामन्त्रीको रायपछि मात्र अन्तिम सहमति गर्ने भनेपछि वार्ता रोकिएको थियो । वार्ता टोलीले गरेको सहमतिमा शिक्षामन्त्री पोखरलले केही संसोधन गर्नुभएको थियो ।

उहाँले चिकित्सा शिक्षा ऐन संशोधनसम्बन्धी सहमतिमा डा. केसीसँग सहमति भएको मिति राख्न नचाहनु र अहिले गर्न लागिएको सहमतिलाई मन्त्रिपरिषद बैठकमा लैजाने भन्ने बुँदा पनि हटाएपछि हुनै लागेको सहमति भाँडिएको हो ।

सहमतिको मस्यौदामा संशोधन गरेर हिँडेका शिक्षामन्त्री त्यसपछि सरकारी वार्ता टोलीसँग सम्पर्कमै नआएको बताइएको छ । डा. केसीको वार्ता टोलीले सम्पर्क गर्न खोज्दा समेत उहाँ सम्पर्कमा नआएपछि सहमतिको प्रयास असफल भएको हो ।