Aafno Khabar

नेपालमा काेराेना संक्रमित ६ सय जनाकाे मृत्यु

  • आफ्नो खबर
  • October 9, 2020 प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे ।

कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

शुक्रबार नेपालमा थप २०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । संक्रमितमध्ये ७३ हजार २३ जना निको भएर घर फर्किएका छन् ।