Aafno Khabar

डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच आज पनि वार्ता हुँदै

  • आफ्नो खबर
  • October 9, 2020 प्रकाशित

काठमाडौं । अनशनरत डाक्टर गोविन्द केसी पक्ष र सरकारबीच आज पनि वार्ता हुने भएको छ । हिजो अबेरसम्म भएको वार्ता सकारात्मक भएको र आज फेरि वार्ता हुने दुवै पक्षले बताएका छन् ।

हिजो दिनभरि नै चलेको छलफल सकारात्मक भएकाले आज निष्कर्षमा पुग्ने गरी वार्ता अघि बढाउने दुवै पक्षको भनाई छ ।

चिकित्सक संघले आन्दोलनको घोषणा गरेपछि बुधबार सरकार वार्ता टोली गठन गरेको थियो ।

डाक्टर केसी पक्षले पनि वार्ता टोली गठन गरेपछि हिजोबाट वार्ता सुरु भएको हो । डाक्टर केसी ६ बुँदे माग राखेर १९ औं अनशनमा बसिरहनुभएको छ ।