Aafno Khabar

डा. केसीसँग वार्ता गर्न सरकारले गठन गर्‍यो टोली

  • आफ्नो खबर
  • October 7, 2020 प्रकाशित

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनशतरत डा. गोविन्द केसीका मागमा छलफल गर्न वार्ता टोली गठन गरेको छ । चिकित्सक संघले आन्दोदन घोषणा गरेपछि सरकारले वार्ता टोली घोषणा गरेको हो ।

टोलीको संयोजकमा शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली रहेको मन्त्रालय स्राेतले जनाएकाे छ । यस्तै, सदस्यहरुमा चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव गुणराज लोहनी रहेका छन् ।