Aafno Khabar

जाजरकाेट जीप दुर्घटना : वडाध्यक्षसहित ६ जनाको मृत्यु (अपडेट)

  • आफ्नो खबर
  • October 7, 2020 प्रकाशित

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको ज्यान गएको हो ।

जाजरकोट सदरमुकाम खलङ्गाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्रतर्फ गइरहेको भे १ ज ९३५ नम्बरको यात्रुवाहक जीप गाउँपालिका १ को औल खोला भीरमा दुघर्टना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–११ का वडा अध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृति बहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्ण बहादुर शाही र ३० बर्षीय खिम बहादुर शाही रहेका छन् ।

दुर्घटना स्थलदेखि २०० मिटर तल अर्को शव भेटिएको र उनको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका वडा नम्बर ११ का नरबहादुर बुढालाई उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गा लगिएको छ । चालक फरार रहेका छन् ।

जीपमा कति जना सवार थिए भन्ने खुल्न सकेकाे छैन ।