काठमाडौं । काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा थप १०१७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौंका ७८३, भक्तपुरका ११६ र ललितपुरका ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । संक्रमितमध्ये ६७ हजार ५४२ जना निको भएर घर फर्किएका छ ।
कोरोना संक्रमणबाट अहिलेसम्म ५६३ जनाको मृत्यु भएको छ ।