Aafno Khabar

काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • आफ्नो खबर
  • October 5, 2020 प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा थप १५३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ११७८ सहित उपत्यकामा थप १५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।

मन्त्रालयका अनुसार काठमाडौंका ११७८, भक्तपुरका १०३ र ललितपुरका २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा सोमबार थप २४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । संक्रमितमध्ये ६५ हजार २०२ जना निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्म ५५४ जनाको मृत्यु भएको छ ।