Aafno Khabar

‘उपत्यकामा कोरोना संक्रमण बढेको छ, काठमाडौं नआउनू’ : स्वास्थ्य मन्त्रालय

  • आफ्नो खबर
  • October 3, 2020 प्रकाशित

काठमाडौं । उपत्यकामा कोरोना संक्रमण दर तीव्र दरमा बढिरहेकाले उपत्यका बाहिरका मानिस काठमाडौं नआउन सरकारले अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च रहेका कारण काठमाडौं उपत्यकामा नआउन आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले उपत्यका आउन परे जनस्वास्थ्य मापदण्ड पालना गरेर आउन आग्रह गर्नुभएको हो ।

गौतमले भन्नुभयो, ‘जनस्वास्थ्यको मापदण्ड पालना गरेका सबैमा धन्यवाद । जनस्वास्थ्य मापदण्ड पालना नगर्नेलाई पालना गर्न अनुरोध गर्दछु ।’