Aafno Khabar

आईपीएलमा राजस्थानमाथि काेलकाताको ३७ रनको जित

  • एजेन्सी
  • October 1, 2020 प्रकाशित

इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा कोलाकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनायो ।

१ सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेटको क्षतिमा १३७ रन मात्रै बनाउन सक्यो ।

राजस्थानका लागि टम करनले अविजित ५४ रनको योगदान दिए । उनी बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । कोलकाताका लागि शुभम गिलले ४७, आन्द्रे रुसेलले २४ तथा इयान मोर्गनले नटआउट ३४ रन बनाएका थिए ।