काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर २० हजार ३९६ संक्रिय संक्रमित छन् । अहिले देशभर कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।