काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको रिर्पोट आफैं दिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।
यसअघि रिर्पोट नेगेटिभ आए सम्बन्धित प्रयोगशालाले र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउने व्यवस्था रहेको थियो । अब भने जे रिपोर्ट आएपनि सिधै सम्बन्धितलाई नै जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको हो ।
पहिले जतिपनि संक्रमित थिए उनीहरुलाई स्वास्थ्य संस्थाको आइसोलेशनमा मात्रै राख्ने व्यवस्था रहेकोमा अहिले होम आइसोलेशनमा पनि राख्ने व्यवस्था रहेकाले यसअघिको निर्णय परिवर्तन गरिएको उनको भनाइ छ ।
संक्रमितलाई रोग नियन्त्रण महाशाखाले जानकारी गराउने भन्दा पनि ल्याबले सिधै जानकारी गराउँदा व्यवस्थापनमा छिटो हुने मन्त्रालयको भनाइ छ।