Aafno Khabar

१० हजारको पिसिआर परीक्षण गर्दा १५७३ जनालाई कोरोना संक्रमण

  • आफ्नो खबर
  • September 27, 2020 प्रकाशित

काठमाडौं । आइतबार थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७३ जनामा संक्रमण पुष्टि भएको हो।

योसहित नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ। आज १० हजार १२३ जनाको पिसिआर परीक्षण भएको थियो।