विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी दिएको छ ।
डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा। माइक रायनले सो चेतावनी दिएका हुन् । कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड दिए ।
सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिन सुरु गरेको थियो । त्यसयता कोरोना संक्रमणका कारण विश्वभर झण्डै १० लाख मानिसको मृत्यु भइसकेको छ । यसैगरी कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या तीन करोड २० लाखभन्दा धेरै छ ।