Aafno Khabar

लगातारको झरी रोकियो, केही ठाउँमा भने वर्षाको सम्भावना

  • आफ्नो खबर
  • September 25, 2020 प्रकाशित

काठमाडौं । आजबाट पानी पर्न कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजो र अस्ति देशभरि नै झरी पारेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी पर्न कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

तर केही ठाउँमा भने आज पनि ठूलो पानी पर्ने संभावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा जनाइएको छ ।

महाशाखाका अनुसार प्रदेश १ र २ का थोरै तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई ठाउँमा आज पनि ठूलो पानी पर्ने संभावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।

तर हिजोअस्तिको जस्तो लगातार झरीको संभावना भने नभएको महाशाखाले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

आज दिउँसो एकैछिन घाम लागे पनि फेरि बादल लाग्ने छ । तर भोलिदेखि भने मौसम खुल्दै जाने र यो प्रणाली हटेपछि बिस्तारै मनसुन सकिने अनी चिसो बढ्दै जाने छ ।