स्याङ्जा । निरन्तरको पानीसँगै आएको पहिरोका कारण स्याङ्जाको वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकीमा गरी छ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।
बिहीबार आएको पहिरोले तमादीमा घर पुरिदा एकै घरका पाँच जनाको मृत्यु भएको हो भने चार जना बेपत्ता रहेका छन् । पहिरोले पुरिएर एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।
पहिरोले पुरिएर मृत्यु हुनेमा २८ बर्षी उमाकला नेपाली, ४८ बर्षिय माया नेपाली, ३० बर्षिय दीपक नेपाली, ६० बर्षिय सानी नेपाली, नौ बर्षिय बिबश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
एक पाहुनासहित घरमा सुतिरहेको अवस्थामा १० जनालाई पुरेको प्रहरीले बताएको छ । पहिरोले पुरेका चार जनाको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
यस्तै निरन्तरको पानीसँगै आएको पहिरोले कालीगण्डकी गाउँपालिका ४ बिर्घा गौतमटोलमा १७ बर्षिय विष्णु परियारको मृत्यु भएको छ ।घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट खसेको पहिरोले परियारलाई पुरेको हो घरका अन्यको अवस्था भने सामान्य छ ।