काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६४७ जना कोरोना संक्रमित भेटिएका छन् ।
काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा नेपालभर १३५६ जनामा संक्रमण देखिएको हो ।