Aafno Khabar

सोमबार थपिए १ हजार १५४ कोरोना संक्रमित

  • आफ्नो खबर
  • September 21, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १५४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित नेपालमा कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ।