Aafno Khabar

९५८४ जनाको कोरोना परीक्षण गर्दा १३२५ जनामा संक्रमण

  • आफ्नो खबर
  • September 20, 2020 प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

संक्रमितमध्ये ४६ हजार २३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ९६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गरिएको हो ।