काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १५ जना कोरोना संक्रमणका कारण मृत्यु भएका छन । योसँगै नेपालमा अहिलेसम्म ३६० मृत्यु भएकामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या भने १५ हजार ३९३ मात्रै छ।