Aafno Khabar

सीटीईभीटीमा भर्ना खुल्याे, कुन विषय पढ्न कति जीपीए आवश्यक ?

  • आफ्नो खबर
  • September 11, 2020 प्रकाशित

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभिटी)ले डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना खुलाएकाे छ । अध्ययन गर्न इच्छुक विद्यार्थीहरुले असाेज १५ असोज आवेदन दिइसक्नुपर्ने सीटीईभिटीले जनाएको छ ।

काेराेना महामारी लक्षित निषेधाज्ञा र लकडाउनका कारण यो वर्ष सबै आवेदन अनलाइनबाट दिन सकिने व्यवस्था मिलाएकाे पनि सीटीईभीटीले जनाएकाे छ ।

प्रमाणपत्र तह वा डिप्लोमा अध्ययनका लागि आवेदन दिन माध्यमिक शिक्षा परीक्षा (एसईई) वा एसएलसी उत्तीर्ण गरेको हुनुपर्दछ । तर कोर्स अनुसार न्यूनत्तम प्राप्तांक भने फरक फरक तोकिएका छन् ।

कुन विषय पढ्न कति जीपिए ?

प्रमाण पत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साइन्स, डेन्टल हाइजिन, डाइनोस्टिक रेडियोग्राफी, सामान्य चिकित्सा आयुवेर्दा, अष्थाल्मिक विज्ञान, फिजियोथेरापी र डिप्लोमा इन फार्मेसीका लागि एसईईमा गणित, अंग्रेजी र विज्ञानमा न्यूनत्तम ‘सी’ सहित जिपिए २ ल्याएको हुनुपर्दछ ।

डिप्लोमा तहमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्टि्रकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, जिओमेटिक्स इन्जिनियरिङ, आर्कीटेक्चर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, अटोमोवाइल इन्जिनियरिङ, इन्फरमेसन टेक्नोलोजी, कम्प्युटर इन्जिनियरिङ, रेफ एण्ड एसी इन्जिनियरिङ, हाइड्रोपावर इन्जिनियरिङ र मेकाट्रोनिक्स इन्जिनियरिङका लागि भने एसएलसी वा एसईईमा कम्तिमा गणित र विज्ञानमा ‘सी’ र अंग्रेजीमा ‘डी’ ग्रेड ल्याउनु पर्दछ ।

डिप्लोमा तहकै एग्रिकल्चर (बाली विज्ञान वा पशु विज्ञान), फुड एण्ड डेरी टेक्नोलोजी र फरेस्ट्रीका लागि भने एसईई वा एसएलसीमा न्यूनत्तम अंग्रेजी, गणित र विज्ञान मध्ये कुनै दुईमा ‘सी’ र अर्को एक विषयमा ‘डी’ ग्रेड ल्याए पुग्छ ।

होटल म्यानेजमेन्ट, इन्टरपेनरसीप डेभलपमेन्ट र सोसियल वर्करमा डिप्लो गर्नका लागि एसईई वा एसएलसीमा न्यूनत्तम अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी’ ग्रेड ल्याउनु पर्दछ ।

विस्तृतमा ।