काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लाे २४ घण्टामा थप ६ जनाको मृत्यु भएको हाे ।
उहाँका अनुसार पछिल्लाे २४ घण्टामा चितवनकी ४० वर्षीया महिला, भक्तपुरकी ४० वर्षीया महिला, तनहुँकी ९२ वर्षीया महिला र रुपन्देहीकी ७२ वर्षीया महिला तथा सिन्धुपाल्चोकका ७७ वर्षीय पुरुष र रुपन्देहीका ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २५७ पुगेको छ। बिहीबार नेपालमा थप १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २४ हजार २ सय ७ जना निको भएर घर फर्किएका छन्।