काठमाडाैं । बिहीबार देशभर कोरोनाका १२ सय २८ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो एक दिनमा थपिएका अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या हो । यसअघि गत आइतबार एकैदिन १२ सय २१ जना कोरोना संक्रमित थपिएका थिए ।
हालसम्म संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९ सय ७ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका मन्त्रालयले जनाएकाे छ । हालसम्म कोरोनाबाट निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ ।