तस्बिर : दाेर्ण कुमार कुँवरकाे फेसबुकबाट ।
बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिकामा बुधबार राति गएको बाढी पहिरोमा हराइरहेका मध्ये अहिलेसम्म १० जनाको शव भेटिएको छ ।
नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को तटीय बस्तीमा भुजी खोलाको बाढी पस्दा ४१ जनाको अवस्था अझै थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
हराउनेको सङ्ख्या अझ बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । बाढीले ३१ घरमा पूर्ण क्षति पुर्याएको छ । अरु थुप्रै घरमा क्षति पुगेको छ । घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरिरहेको छ ।
घटनामा अहिलेसम्म चार जना घाइते भेटिएको प्रहरीले जनाएको छ । वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले बस्तीका घर बगाएको हो ।