Aafno Khabar

त्रिविकाे निर्देशन : विद्यालय खाेल्ने वा बन्द गर्ने आफैँ निर्णय गर्नू

  • आफ्नो खबर
  • September 1, 2020 प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालले कोभिड १९ का कारण भदौ १५ सम्म बन्द भएका क्याम्पसहरुलाई स्थानीय प्रशासन र सरकारी निकायहरुबाट अनुकूल हुनेगरी बन्द गर्ने या खोल्ने भन्ने निर्णय गर्न आङ्गिक क्याम्पसहरुलाई निर्देशन दिएको छ ।

विश्वविद्यालयले आज एक विज्ञप्ति निकाल्दै क्याम्पस खोल्ने, नखोल्ने या आंशिक रुपमा खोल्नेबारे निर्णय गरेर विश्वविद्यालयमा जानकारी दिन भनेको हो ।

‘त्रिवि अन्तर्गतका सबै क्याम्पसहरु भदौ १५ गतेसम्म बन्द गरिएकोमा विद्यमान अवस्थासमेत कोभिड १९ को संक्रमण नियन्त्रण भइनसकेको संक्रमण नियन्त्रणका लागि स्थानीय तथा प्रशासनबाट जारी आदेशहरु अनुकुल हुनेगरी देहाय बमोजिम क्याम्पस/ कार्यलयहरु आंशिक या पूर्ण बन्द वा सञ्चालन गर्ने सम्बन्धमा सम्बन्धित क्याम्पस आफैँले निर्णय गरी ब्यवस्था गर्न गराउन र सो को जानकारी त्रिवि केन्द्रीय कार्यालयमा दिनुहुन सबै क्याम्पस कार्यालयहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विश्वविद्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

हेर्नुहाेस् सूचना :