Aafno Khabar

चार वर्षीया बालिकासहित थप ७ जना काेराेना संक्रमितकाे मृत्यु

  • आफ्नो खबर
  • August 31, 2020 प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको जानकारी दिनुभएकाे हाे ।

उहाँका अनुसार कोरोना संक्रमणबाट महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ र रुपन्देहीकी ६८ वर्षीया महिला तथा झापाका ८६, रौतहटका ४०, चितवनका ७८ र भक्तपुरका ७७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ। सोमबार थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।