काठमाडाैं । सोमबार देशभर कोरोनाका ८ सय ९९ काेराेना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।
यसअघि आइतबार सबेभन्दा बढी एक हजार २ सय २१ जना कोरोना संक्रमित थपिएका थिए ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये २१ हजार ४ सय १० जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट २ सय २८ जनाको मृत्यु भएको छ ।