Aafno Khabar

कतारले ताेक्याे श्रमिककका लागि न्यूनतम ज्याला

  • एजेन्सी
  • August 31, 2020 प्रकाशित

कतार सरकारले श्रमसम्बन्धी नयाँ आदेश ल्याएकाे छ । उक्त आदेशमा विदेशी श्रमिकका लागि जागिर परिवर्तन गर्न खुकुलो पार्नुका साथै न्यूनतम ज्याला पनि ताेकिएकाे छ ।

याे नियममा अब श्रमिकले १ हजार कतारी रियाल (२७४ अमेरिकी डलर) पाउनेछन् । साथमा बस्नका लागि मासिक ५ सय रियाल (१३७ अमेरिकी डलर) र खानाका लागि ३ सय रियाल (८२.८२ अेमिरिकी डलर) पाउने भएका छन् ।

यसअघि कतारमा विदेशी कामदारले सम्झौता अवधिभित्र रोजगारदाताको अनुमतिबिना जागिर परिवर्तन गर्न नपाउने व्यवस्था थियो । यो व्यवस्था परिवर्तन गरी कतार सरकारले अब श्रमिकले आफ्नो इच्छाअनुसार काम गर्ने ठाउँ र अफिस परिवर्तन गर्न पाउने व्यवस्था गरेको हो ।

यसका लागि श्रमिकले कम्तिमा १ महिनाअघि लिखित जानकारी भने गराउनु पर्ने छ । कतारको पछिल्लो यो निर्णय अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले स्वागत गरेको छ ।