धरान । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका अनुसार धरान–१७ की ७४ वर्षीया वृद्धा र धरान–१७ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो।
वृद्दाको आइतबार बिहान साढे ८ बजे र पुरुषको बिहान ७ः४५ मा मृत्यु भएको अस्पतालले जनाएको छ । वृद्धालाई आइतबार बिहान अस्पताल भर्ना गरिएको थियो ।
मधुमेह, उच्च रक्तचापकी बिरामी उनलाई अत्यधिक खोकी, स्वासप्रश्वासमा समस्या आएको थियो। एक सातादेखि सो समस्या भएकी उनलाई गम्भीर अवस्थामा भर्ना गरिएको थियो। उनको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो।
यस्तै, ६० वर्षीय पुरुष शनिबार राति ९ बजे भर्ना भएका थिए। उनको बिहान ७ः४५ मा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा १० दिनदेखि अत्यधिक खोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या थियो।