Aafno Khabar

काेराेना संक्रमित थप १२ जनाकाे मृत्यु

  • आफ्नो खबर
  • August 28, 2020 प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको हाे ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मोरङका ५६ र ६५ वर्षीया महिला, भक्तपुरकी ६४ वर्षीया महिला र मकवानपुरकी ७१ वर्षीया महिला तथा उदयरपुरका ५२ वर्षीय पुरुष, पर्साका ७२ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, सिरहाका ५५ वर्षीय पुरुष, झापाका ८३ वर्षीय पुरुष, चितवनको ५१ वर्षीय पुरुष, कास्कीका ५२ वर्षीय पुरुष र रुपन्देहीको ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ । नेपालमा शुक्रबार ९ सय २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । देशभर कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ। संक्रमितमध्ये २० हजार २ सय २४ जना निको भएर घर फर्किएका छन् ।