काठमाडाैं । शुक्रबार देशभर कोरोनाका ९ सय २७ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हालसम्म संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
विगत २४ घण्टामा १ सय ६९ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । हालसम्म २० हजार २ सय ४२ जना संक्रमित निको भएर घर फर्किसकेकाे मन्त्रालयले जनाएकाे छ ।
शुक्रबार १० हजार २ सय २९ जनाको पीसीआर गरिएको छ । हालसम्म ६ लाख ५८ हजार १ सय १० जनाको पीसीआर भइसकेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।