Aafno Khabar

काेराेना संक्रमित थप ११ जनाको मृत्यु

  • आफ्नो खबर
  • August 26, 2020 प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थप ११ जनाको मृत्यु भएको जानकारी दिनुभयाे ।

गाैतमका अनसार मृत्यु हुनेमा मोरङ र भक्तपुरका २ जना महिला रहेका छन् । कैलालीका २, महोत्तरीका ३, बाँकेका १, काठमाडौंका १ र बाराका २ जना पुरुष रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ ।