Aafno Khabar

काठमाडाैं उपत्यकामा थपिए ३ सय १ जना काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 26, 2020 प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा ३ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमित हुनेमा काठमाडौंका २ सय ३०, ललितपुरका ४७ र भक्तपुरका २४ जना रहेका छन् ।

पछिल्लाे २४ घण्टामा देशभर ८ सय ८५ जना काेराेना संक्रमित थपिएका छन् ।