काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नाबारे गलत सूचना सम्प्रेषण भएको भनी भ्रममा नपर्न आग्रह गर्नुभएकाे छ ।
सामाजिक सञ्जालमा आफ्नो नाममा फेक अकाउन्ट खोलेर भ्रम सृजना गरिएकाे उहाँले उल्लेख गर्नुभएकाे छ ।
उहाँले आफ्नाे फेसबुक एकाउन्टमा लेख्नुभएकाे छ ‘मेरो फेक अकाउन्ट खोली विभिन्न समाचारहरु सम्प्रेषण भएकाले मेरो यो बाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउँदछु ।’
मंगलबार घि ङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त गरेको समाचार भाइरल बनेको थियो । तर पछि उक्त समाचार तथ्यहीन र गलत रहेको पुष्टि भएको थियो ।