Aafno Khabar

काठमाडौं उपत्यकामा थप २ सय ३२ जना कोरोना संक्रमित

  • आफ्नो खबर
  • August 25, 2020 प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

गाैतमका अनुसार कोरोना संक्रमित हुनेमा काठमाडौंका १ सय ९९, ललितपुरका १९ र भक्तपुरका १४ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म १९ हजार १ सय १९ जना निको भएर घर फर्किएका छन् ।