काठमाडाैं । मंगलबार देशभर कोरोनाका ८ सय ५५ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयाे । हालसम्म १९ हजार १ सय १९ जना कोरोनाबाट निको भएका छन् ।