Aafno Khabar

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही हुने (यस्तो छ कानुनी व्यवस्था)

  • आफ्नो खबर
  • August 23, 2020 प्रकाशित

काठमाडौं । सरकारले कोरोना संक्रमतिको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारका दोषीलाई कारबाही गर्ने भएको छ।

पछिल्लो समय स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र आक्रमणका घटना बढेसँगै सरकारले दोषीमाथि कारबाही गर्ने तयारी गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कानुनअनुसार कारबाही हुने बताउनुभयो।

काठमाडौं,वीरगञ्ज, चितवन र जाजरकोटलगायतका क्षेत्रमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका छन्।

अहिले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गरे संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही हुनेछ। ऐनको दफा २ मा चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेलाई ६ महिना कैद वा ६ सय जरिवाना हुने व्यवस्था छ।

ऐनको दफा ४ मा कारबाहीको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ। ‘यस ऐन अन्तर्गत भए गरेको कसूरमा कारबाही र किनरा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेछ,’ दफा चारमा भनिएको छ।