चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारत एक जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको हो ।
क्षयरोग र फोक्सोको समस्या रहेका उनी कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि आईसीयूमा उपचाररत थिए ।
चितवनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ ।