Aafno Khabar

काठमाडाैं उपत्यकामा कडा निषेधाज्ञा, उल्लंघन गर्ने ५ सय १० समातिए

  • आफ्नो खबर
  • August 20, 2020 प्रकाशित

फाइल तस्बिर ।

काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र कडा निषेधाज्ञा गरेकाे छ । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञा कार्यन्वय गराउनको लागि सडकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरीले अनावश्यक रुपमा सडकमा निस्किएका मानिसलाई नियन्त्रणमा लिएको छ ।

बिहीबार बिहान ९ बजेसम्म ५ सय १० जना मानिसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । प्रहरीले यसरी नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै बनाइएको होल्डिङ सेन्टरमा राखेको छ।

त्यस्तै, अनावश्यक रुपमा गुडाएका सवारी साधनसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएका‍‍े छ । २ तथा ४ पाङग्रे गरेर २ सय ४२ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।